यी नायिकाले भनिन्, म कार्तिक आर्यनसँग बेड सेयर गर्न सक्छु



१३ माघ २०७६, काठमाडौँ

बलिउड नायिका पूजा बेदीकी छोरी अलाया फर्निचरवाला पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । उनले सैफअली खानसँग चलचित्र जवानी जानेमन मार्फत बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रमा उनी सैफकी छोरीको रुपमा देखिनेछिन् । यसै चलचित्रमा अनुबन्धित भएदेखि उनी विभिन्न कार्यक्रमहरुमा पुगिरहेकी छिन् । केहीदिन अघि उनी एक च्याट शो मा पुगेकी थिइन् । जहाँ उनलाई कार्तिक आर्यनबारे पनि प्रश्न गरिएको थियो ।

अलायालाई कार्तिक आर्यनलाई आफ्नो बेडमा देख्दा कस्तो प्रतिक्रिया दिनुहुन्छ ? भनेर प्रश्न गरिएको थियो । जहाँ उनले आफू कार्तिक आर्यनसँग बेड सेयर गर्न तयार भएको बताएकी थिइन् । अहिले उनको यो जवाफले निकै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्