सलमानले एक मेकानिकको १ रुपैयाँ २५ पैसा तिरेनन्, पछि सम्झाउँदा भए लज्जित



१३ माघ २०७६, काठमाडौँ

सलमान खानले आफ्नो जीवनमा घटेको एउटा रमाइलो घटना सुनाएका छन् । सलमान बलिउडका सर्वाधिक चर्चित र धेरै पैसा कमाउने अभिनेतामा पर्छन् । उनै अभिनेताले कसैको १ रुपैयाँ तिरेका थिएनन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

सलमानले एक मेकानिकको १ रुपैयाँ २५ पैसा आफूले तिर्न बाकिँ रहेको बताए । उनलाई यो कुरा पछि सम्झदाँ निकै लाज पनि लागेर आयो । हालै मुम्बई पुलिसले आयोजना गरेको उमंग २०२० को क्रममा सलमानले यो कुराको खुलासा गरेका हुन् ।

सलमानले भने ‘हालै एकपटक म सर्टस लगाएर निस्केको थिएँ र मसँग पैसा थिएन । मैले मेकानिक काकालाई मेरो साइकल मर्मत गरिदिनु म पछि पैसा दिन्छु भनें । त्यसपछि उहाँले भन्नुभयो – तँ सानोमा पनि यस्तै गर्थिस् । तैले धेरै पहिले मसँग साइकल ठिक गराएको थिइस् जसको पैसा अझैसम्म दिएको छैनस् । तेरो आज पनि १ रुपैयाँ २५ पैसा उधारो छ ।’

प्रतिक्रिया दिनुहोस्