राष्ट्रपति सीः कोरोना भाइरसका सबै विरामीलाई क्वारेन्टाइनमा राखेर उपचार गर्नु



१३ माघ २०७६, काठमाडौं

चीनमा विस्फोटक रुप लिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ। त्यस्तै, चिनियाँ स्वास्थ्य संस्थाका अनुसार देशभरको विरामीको संख्या बढेर २७४४ पुगेको छ।

यही प्रकोपबारे छलफल गर्न शनिबार चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्ष नेताको वैठक बसेको थियो बैठकको अध्यक्षता चिनियाँ राष्ट्रपति सी स्वयम्ले गरेका थिए।

सीले बैठकमा उहान सहर रहेको हुवे प्रान्तका अधिकारीलाई रोगविरुद्ध थप प्रयास गर्न भनेका छन् सीले चीनका सम्पूर्ण तहका सरकारलाई जीवन र स्वास्थलाई उच्च प्राथमिकता दिन निर्देशन दिए।

सीले उक्त बैठकमा कोरोनाभाइरस संक्रमित सबै विरामीलाई क्वारेन्टाइनमा राखेर उपचार पनि निर्देशन दिएका छन्।

प्रकोपको उद्गम स्थल उहान रहेको प्रान्त हुबेमा थप २४ को मृत्यु भएको छ। पछिल्लो समय हुबे प्रान्त बाहिर भने संक्रमणले नयाँ विरामी मरेको खबर आएको छैन।

चीनको राष्ट्रिय स्वास्थ्थ आयोगका अनुसार संक्रमितमध्ये ४ सय ६१ को अवस्था गम्भीर अवस्थामा छन्।

चीनले श्वासप्रश्वास प्रणालीमा असर गर्ने कोरोना भाइरसको विस्तार रोक्नको लागि हुबे प्रान्तबाट मानिस आउजाउमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्