नेपाल पनि भित्रियो कोरोना भाइरस, लक्षण र बच्ने उपाय



१३ माघ २०७६, काठमाडौं

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ।

तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ।

कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न गर्दछ।

कोरोना भाइरसको लक्षणः

-ज्वरो आउनु र खोकी लाग्नु,

-छिटोछिटो सास फेर्नु,

-सास फेर्न गाह्रो हुने,

-समयमा उपचार नभएका निमोनिया हुनु,

-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

-मृगौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्ने उपायः

-नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

– मासु र अण्डा राम्रोसँग पकाएर खाने,

-कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रतिक्रिया दिनुहोस्