अजय र काजोलको ‘तान्हाजी’ २ सय करोड क्लबमा



१२ माघ २०७६, काठमाडौँ

अजय देवगण र काजोलको मुख्य भूमिका रहेको चलचित्र तान्हाजी ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । चलचित्र तान्हाजी को व्यापार सुरुवाती दिनदेखि नै आक्रमक रहेको छ ।

चलचित्रलाई दर्शक र समिक्षक दुवैले उत्कृष्ट बताएका छन् । विशेष चलचित्रमा अजय देवगणको अभिनयलाई दर्शकले निकै रुचाइरहेका छन् ।

चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा आफ्नो आक्रामक रफ्तारलाई कायमै राखेको छ । रिलिज भएको दोश्रो सातामा आइपुग्दा चलचित्रले २ सय करोड बढी कमाई गरिसकेको छ । नायक अजय देवगणको करिअरमा २ सय करोड बढी कमाउने यो दोश्रो चलचित्र हो ।

दुई सातामै १९७ करोडको कमाई गरेको यो चलचित्रले तेश्रो सातामा आइपुग्दा २ सय करोडको आँकडा छोएको हो ।

तेश्रो साताको शुक्रबार ५.३८ करोडको कमाई गरेको यो चलचित्रले शनिबार ९.५२ करोडको कमाई गर्यो । विशेषगरि, महाराष्ट्रमा यो चलचित्रको व्यापार आक्रामक छ । चलचित्रले हालसम्म २१२ करोड कमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्