‘नाइ नभन्नु ल ४’ पछि फेरि पर्दामा एकसाथ देखिदैँ पल र बर्षा !



१२ माघ २०७६, काठमाडौँ

चर्चित निर्देशक दिपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । दिपेन्द्रकै कथा रहेको चलचित्रको हाल स्क्रिप्टको काम भैरहेको छ । चलचित्रका कलाकार भने फाइनल भैसकेका छन् ।

चलचित्रमा नायिका बर्षा राउत र पल शाह हुने जानकारी प्राप्त छ । यद्यपि यसबारे पल र बर्षाले भने केहीपनि बताएका छैनन् । चलचित्रमा दयाहाङ राई पनि रहने चर्चा छ । चलचित्रको नाम भने २ नम्बरी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्