‘नाइ नभन्नु ल ६’ को तयारीमा विकास, फेरि एकसाथ देखिदैँ अनुभव र सेड्रिना



१२ माघ २०७६, काठमाडौँ

विकास आचार्य नेपाली चलचित्र जगतका सफल निर्देशक हुन् । उनलाई धेरै दर्शकले नाइ नभन्नु ल निर्देशक भनेर चिन्ने गर्छन् । किनकी विकासलाई यहि चलचित्रले धेरै दर्शकमाझ परिचित गराएको थियो ।

विकासले नाइ नभन्नु ल का ५ सिरिज निर्माण गरिसकेका छन् । अब उनी नाइ नभन्नु ल ६ को तयारी गरिरहेका छन् । हाल चलचित्रको स्क्रिप्टको काम भैरहेको छ । नाइ नभन्नु ल ६ को छायांकन बैशाखको दोस्रो साताबाट सुरु गरिने विकासले जानकारी दिएका छन् ।

नाइ नभन्नु ल ६ का लागि अनुभव रेग्मी, सेड्रिना शर्मा र सलोन बस्नेत फाइनल भैसकेका छन् । अन्य कलाकार भने छनौट भएका छैनन् । चलचित्रमा ३ नायिका र १ नायक हुने विकासले जानकारी दिएका छन् । एउटी नायिका भने नयाँ खोजिने विकासले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्