इटहरीमा फिल्म पढाउने स्कुल खोल्दै छविराज ओझा



१२ माघ २०७६, काठमाडौँ

नेपाली चलचित्र जगतमा बाघ निर्माताको रुपमा परिचित छवि ओझाले फिल्मसम्बन्धी पढ्न इच्छुक भएकाहरुको लागि इटहरीमा फिल्म स्कुल खोल्ने भएका छन् ।

छविले करिब ४ बर्ष पहिले नै काठमाडौँमा कान्तिपुर फिल्म एकेडेमी को सुरुवात गरेका  थिए । जहाँ अभिनय सिक्न इच्छुक हुनेहरुले अभिनयका कक्षाहरु लिइरहेका छन् । यस्तै यसको पहिलो शाखा इटहरीमा खुल्न लागेको हो ।

छविले माघ १६ गते अर्थात सरस्वती पूजाको अवसर पारेर इटहरीमा कान्तिपुर फिल्म एकेडेमी लाई सञ्चालनमा ल्याउने बताएका छन् ।

छोटो फिल्म, डकुमेन्ट्री, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि एकेडेमीको इटहरी शाखाले सञ्चालन गर्न लागेको एक महिने कोर्षले ठूलो सघाउ पुर्याउने सिइओ  प्रकाश पुरीले विश्वास छ । काठमाडौंबाट दक्ष तथा अनुभवी प्रशिक्षक ल्याएर तालिम दिइने र फागुन १ गतेबाट पहिलो ब्याचको कक्षा संचालन हुने उनले बताए । एउटा कोर्षमा १२ जना मात्र राखिने छ ।

प्रतिक्रिया दिनुहोस्