साङ्लो को दोस्रो गीत रिलिज, रोमान्टिक बने विराज र निकिता (भिडियो)



१२ माघ २०७६, काठमाडौँ

माघ २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र साङ्लो को दोस्रो गीत रिलिज भएको छ ।

निशान भट्टराईको शब्द र सुरेश अधिकारीको संगीत रहेको झ्याम्मै आखाँ झ्याम्मै बोलको गीतमा निशान भट्टराई र अञ्जु पन्तको आवाज रहेको छ । डान्सिङ शैलीको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

गीतमा निकिता र विराजको दमदार नृत्य पनि देख्न सकिन्छ । चलचित्र साङ्लो को निर्माता र निर्देशक पनि विराज भट्ट नै हुन् । चलचित्रमा निकिता र विराजको रोमान्स देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्