कोरोना भाइरसको संक्रमण बढेपछि, चीनबाट प्रवेश गर्ने पर्यटकमाथि रसुवागढी नाकामा चेकजाँच शुरु



१२ माघ २०७६, काठमाडौं

चीनमा अत्यधिक कोरोना भाइरसको संक्रमण बढेपछि चिनबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकमाथि रसुवागढी नाकाबाट चेकजाँच गरी उच्च सतर्कता अपनाइएको छ ।

रसुवागढी नाकाबाट दैनिक ७०–९० जना स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने भएकोल भाइरसको शंका लागेमा रेकर्ड राख्ने र स्वास्थ्य संस्थामा पुर्याउँने गरी शनिबारबाट डेस्क स्थापना गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

जिल्ला सुरक्षा समितिले कोरोना भाइरसलाई रसुवागढी नाकाबाट आउने पर्यटकको माध्यमबाट नेपाल भित्रिन रोक्नलाई सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने जनाएको छ।

कोरोना भाइरस संक्रमणको सामान्य चेकजाँच गर्ने, शंका लागेमा केन्द्रसँगको समन्वयमा तुरुन्त उपचारमा पठाइने र त्यसता बिरामी पर्यटकको यात्रा अभिलेख राख्ने र चिनियाँ पक्षले समेत चीनको केरुङमा समेत परिक्षण थालिसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्