आस्था राउत विवादमा आएपछि सजग भए कलाकार, विदेश जादैँ गर्दा एयरपोर्टमा खोले ज्याकेट (भिडियो)



१२ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतको विवाद अझै सकिएको छैन । केहीसमय अघि विमानस्थलमा उनको प्रहरीसँग केही झगडा भएको थियो । जसले निकै ठूलो रुप लियो । अहिले सर्वसाधारणदेखि कलाकारहरुले सम्म त्यहि विषयमा कुरा गरिरहेका छन् ।

यस्तै केहीदिन अघिमात्र कलाकारको जम्बो टोली कार्यक्रमको लागि कोरिया प्रस्थान गरेको थियो । जहाँ गायिका प्रिती आले, प्रमोद खरेल, दुर्गेश थापा, सुशिल नेपाल, एलिशा शर्मा लगायतका कलाकारहरु थिए । कलाकारले आस्था राउत घटनाबारे आफ्नो धारणा समेत व्यक्त गरे ।

गायिका प्रिती आलेले आस्थाको ठाउँमा आफू भएको भएपनि तँ भन्ने शब्द प्रहरीले प्रयोग गर्दा पक्कै पनि रिस उठ्ने बताइन् । तर उनले आफूपनि सजग हुन आवश्यक रहेको पनि बताइन् ।

यस्तै अन्य कलाकारले पनि विमानस्थलमा चेकजाँचका क्रममा सावधानी अपनाउने तर्क राखे । तर कलाकारले आस्थाको पनि समर्थन गर्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्