अञ्जुसँग डिभोर्स भएको लामोसमय पछि दोस्री श्रीमतीसँग मिडियामा मनोज, भावुक हुदैँ छोरीलाई भने सरी (भिडियो)



१२ माघ २०७६, काठमाडौँ

कुनै समयका सांगितीक क्षेत्रका उदाहरणीय जोडी थिए मनोज राज र अञ्जु पन्त । यी दुवै सांगितीक जगतका चर्चित हस्तिहरु हुन् । अञ्जु र मनोजले एकसाथ केही गीतहरु पनि गाएका छन् । यी दुईको जोडीलाई आदर्श जोडीको रुपमा हेरिने गरिन्थ्यो । यी दुई छुट्टिन्छन् भनेर सायदै कसैले सोचेका थिए ।

एकअर्कासँग मनमुटाव निकै हुन थालेपछि अञ्जु र मनोजले विवाह गरेको १० बर्षपछि डिभोर्स गरेका थिए । मनोज र अञ्जुकी एक छोरी पनि थिइन् । डिभोर्सपछि छोरी अञ्जुसँगै बसिरहेकी छिन् ।

अञ्जुले छोरीसँग जिवन बिताइरहेकी छिन् भने मनोजले अर्को विवाह गरिसकेका छन् । अहिले मनोजले आफ्नी दोस्री श्रीमतीलाई पनि गायिका बनाइसकेका छन् । मनोज आफ्नी दोस्री श्रीमतीसँग पहिलो पटक मिडियामा देखिएका छन् । मनोजले अञ्जु पन्तको तारिफ पनि गरे । उनले अञ्जु यो क्षेत्रलाई चाहिने र राम्रो कलाकार भएको पनि बताए ।

साथै मनोजले एउटा सन्तानलाई आमाबुबा दुवैको जरुरत हुने हुदाँ आफूले छोरीलाई साथ दिन नसकेको छोरीलाई सरी समेत भनेका थिए । छोरीको कुरा गर्दा मनोज भावुक पनि भएका थिए । तर उनले आफूले सधैँ नै छोरीलाई सम्झिरहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्