श्रीमानसँगको रोमान्टिक तस्बिर सेयर गर्दा हलिउडकी यी नायिका विरुद्ध मुद्दा दर्ता



१२ माघ २०७६, काठमाडौँ

आफ्ना श्रीमानसँगको रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दा हलिउडकी चर्चित टिभी स्टार नायिका किम कार्दासियन विरुद्ध उजुरी दिइएको छ ।

किमविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा दर्ता गरेका छन् । इन्स्टामा टिभी स्टारको यो पोष्टले २२ लाख बढी लाइक्स पाइसकेको छ ।

फोटोग्राफर सईदले उक्त फोटो आफूले खिचेको कारण सामाजिक सञ्जालमा सेयर गर्नुअघि किमले उनको अनुमति लिन आवश्यक भएको तर किमले नसोधिकन फोटो हालेकाले उनीविरुद्ध मुद्धा दर्ता गरेका हुन् ।

किमले सईदलाई उक्त फोटो सामाजिक सञ्जालमा सेयर गर्दा लाग्ने पैसा पनि नदिएको सईदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्