प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा भेटियो नवजात शिशुको शव (भिडियोसहित)



११ माघ २०७६, काठमाडौं

काठमाडौँको चाबहिलस्थित गोपी कृष्ण हल नजिकै धोबीखोलामा भर्खरै जन्मेको एक नवजात शिशुको शव प्लास्टिक र पत्रिकामा पोको पारेर फालेको अवस्थामा फेला परेको छ। उक्त शिशु विहिबार बिहान ९ बजेतिर भेटिएको हो।

शिशुलाई कसैले मारेर फालेको हुन सक्ने आशंका स्थानियाले बताएका छन्। स्थानियका अनुसार दुई जना युवकले शव देखेपश्चात् खबर गरेपछि थाहा हुन आएको बताएका छन्।

त्यस्तो अवस्थामा फेला परेका ती शिशु छोरा भएको तर कसले फालेको भन्ने थाहा नभएको बताएका छन्। प्रहरीलाई खबर गरे पश्चात पोष्टमार्टमका लागि अस्पताल लागिएको बताइएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले बताएका छन्। श्रीमान बिदेशमा हुने श्रीमतीले फालिन त बच्चा?

प्रतिक्रिया दिनुहोस्