‘बागी ३’ मा बाबुछोराको भूमिकामा देखिदैँ टाइगर र ज्याकी



११ माघ २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ यतिबेला चलचित्र बागी ३ को छायांकनमा व्यस्त छन् । बागी ३ मा उनको जोडी नायिका श्रद्धा कपुरसँग बाधिएको छ । यसअघि टाइगर र श्रद्धाले बागी मा एकसाथ काम गरेका थिए । बागी र बागी २ लाई दर्शकले अत्यन्तै रुचाएका थिए ।

त्यसैले बागी ३ लाई पनि उत्कृष्ट बनाउन टाइगर निकै मेहेनत गरिरहेका थिए । बागी ३ मा टाइगरका पिता ज्याकी श्राफको पनि इन्ट्रि भएको छ । चलचित्रमा ज्याकी पुलिसको भूमिकामा देखिनेछन् ।

टाइगर र ज्याकी बाबुछोरा हुन् । तर यी दुईले अहिलेसम्म चलचित्रमा एकसाथ काम भने गरेका थिएनन् । बाबुछोराले एकसाथ काम गरेको यो पहिलो सिनेमा हो । बागी ३ मार्च ६ मा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्