कोरोनाभाइरसका कारण उपचारमा खटिएका एक डाक्टरको मृत्यु, मृतकको संख्या ४१ पुुग्यो



११ माघ २०७६, काठमाडौं

चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुुगेको छ। चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएपश्चात् मृतको संख्या ४१ पुगेको अधिकारीहरुले बताएका छन्।

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको समेत मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ।

चीनमा नयाँ वर्षको आगमन हुँदै गर्दा भाइरसका कारण कार्यक्रमहरू रद्द गरिएका छन्। यता, वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्।

प्रतिक्रिया दिनुहोस्