ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



११ माघ २०७६, काठमाडौं

बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ वर्षीय चालक दीलकुमार चौधरीको मृत्यु भएको हो।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रबार राती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिए।

ट्याक्टर सडकबाट २५ मिटर जति तल खसेको बताइएको छ। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। ट्याक्टर दुर्घटनामा परेको बारे शनिबार बिहान मात्रै थाहा भएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्