
१० माघ २०७६, काठमाडौं
यौनजीवनसँग निद्राको गहिरो सम्बन्ध छ। पर्याप्त ननिदाउने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हाँसिल गर्न सक्दैन। यस्ता मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैनन्।
खानपान भव्य सेक्स जीवनका लागि पौष्टिक आहारको आवश्यकता पर्दछ। अण्डा, माछा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले यौनशक्ति बढाउँछ। आराम शरिर र मनलाई आराम मिल्यो भने शरिरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ।
चिन्तित रहने मानिसको शरिरमा सेक्स हार्मोनको पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरिरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौनजीवनलाई भव्य बनाउन सकिन्छ। व्यायाम शरिर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्नुपर्दछ। सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ। साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ।
गीत सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हो। रोमान्टिक गीत बजाउनुहोस्। कपडा राति सुत्दा लगाउने कपडाले पनि सेक्स मुड बनाउन भूमिका खेल्छ। बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ। यस्तो पहिरनले पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ।
डाक्टर सेक्स गर्दा दुख्ने, लिंग उत्तेजित नहुने, योनि सुक्खा हुने आदि समस्या छन् भने चिकित्सकसँग परामर्श लिनुपर्छ।





