
१० माघ २०७६, काठमाडौं
रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरिएका प्रतिस्पर्धी विनय कार्कीको आवाजमा ‘परदेशमा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत रहेको छ ।
उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहँदा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो । लेखिएको लाइनले दर्शकलाई भावुक बनाउन सक्छ ।
म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । भिडियो आत्रेय प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।





