कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो



१० माघ २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन्।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ। संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्