धर्मग्रन्थ पढाउने गुरुले गृहकार्य सुनाउन जाँदा जब कोठाको चुकुल लगाए…



१० माघ २०७६, काठमाडौं

विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका छन् । उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुर्व्यवहारको शिकार भएको बताएका छन् ।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका हुन् । सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्राको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्