बेल्जियम राजकुमारीको साथ कुष्ठरोग निवारण अभियानमा



०८ माघ २०७६, काठमाडौं

कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छन्। एक साताका लागि नेपाल आएकी राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले आज यहाँ आयोजना गरेको कृष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन्।

विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराएकाम थिए।

कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्रि श्रेष्ठ र छयरोगको समस्याको उपचाररत धनुसाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए। उक्त प्रस्तुतीलाई बेल्जियमका राजकुमारीले चासोपूर्वक लिएकी थिइन्।

प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गराका थिए। फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र छयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए । पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्