यसरी ज्यान लिन्छ, ‘कार्वन मोनोअक्साइड’ले



०८ माघ २०७६, काठमाडौं

मंगलबार (हिजो) दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीयको ज्यान जानुमा हिटर ग्यास कारक बन्यो।

बन्द कोठामा हिटर ग्यास बालेर सुत्दा ‘कार्वन मोनोअक्साइड’को विषाक्तताले मान्छेको ज्यानै जान सक्ने कतिपय चिकित्सक तथा विज्ञहरुले बताउँदै आएका छन्।

हावा ओहोरदोहोर नहुने कोठामा ग्यास हिटर वा आगोले तताउँदा कोठाभित्र बसेकाहरूको ‘कार्वन मोनोअक्साइड’को विषाक्तताले मृत्युसम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा. खेम कार्की बताउँछन्।
♥ दामनको होटलमा बेहोश अवस्थामा भेटिएका पाँच पर्यटकको मृत्यु
♥ प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

‘झ्याल, ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ। त्यसले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोश हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ।’ डा. कार्की भन्छन्, ‘सतर्कता समेत अपनाउन पाउँदैन। सुतेको सुत्यै ज्यान जान सक्छ।’

यसको ज्वलन्त उदाहारण हो, गत मंसिरमा कीर्तिपुरस्थित एक बच्चा–आमाले ज्यान गुमाउनु। बन्द कोठामा मकल कोइला बालेर सुतेका उनीहरुको पनि सुतकै ठाउँमा ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्