युवतीलाई पटक-पटक बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा



०७ माघ २०७६, काठमाडौं

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। स्थायी घर गोरखा नगरपालिका–६ भई काठमाडौंको ललितपुर महानगरपालिका–१३ बस्दै आएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विगत ३ महिनादेखि ती महिलालाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्