नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का ५० कर्मचारी एकैपटक ‘आउट’



०७ माघ २०७६, काठमाडौं

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्न परियोजनामा आवद्ध ५० भन्दा बढी कर्मचारी एकै पटक ‘आउट’ भएका छन्। स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ती प्रक्रियामाथि औला उठाएपश्चात् उनीहरु ‘आउट’ भएका हुन्।

मन्त्रालयको निर्देशनात्मक पत्र देखाउँदै परिषदले गत आइतबारबाट ती कर्मचारीलाई बोलाएर विदा गरेको हो।

‘पुस मसान्त सम्म त करार थियो नै माघ १ देखि करार नविकरण गर्नुपर्ने थियो। त्यो हुन सकेन। मन्त्रालयबाट निर्देशन पत्र आएपछि हामीले अहिलेलाई विदा गरेका हौँ,’ परिषदका कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले भने।

उनले मेन्टल हेल्थ, स्टेप्स सर्भे लगायत विभिन्न परियोजनाका लागि लिएका ३५÷४० जना कर्मचारी विदा गरेको बताए। परिषदका कर्मचारी स्रोतले भने ५० बढी कर्मचार विदा भएको बतायो। माघ १ देखि नविकरण गर्नुपर्ने थियो तर त्यसलाई निरन्तरता दिइएन एकै पटक ५० देखि ५५ जना यस्ता कर्मचारीको करार सम्झौँता थपिएन’ स्रोतले भन्यो।

परिषद्मा अनियमितता भएको भन्दै उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानवीन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो। त्यो समितिले अनुसन्धान परिषदमा विभिन्न खालका त्रुटीहरु भएको औल्याएको थियो । त्यसैमध्येको एक कर्मचारी भर्ना प्रक्रिया पनि हो।

स्वास्थ्य सचिव खगराज बरालले विभिन्न किसिमका उजुरी परेपछि मन्त्रालयले छानवीन समिति गठन गरि अनुसन्धान प्रक्रिया अघि बढाएको बताए। सोही समितिले दिएको सुझावको आधारमा निर्देशन दिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्