मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु



०७ माघ २०७६, गोरखा

गोरखामा एक शिक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

भीमसेनथापा गाउँपालिका ७ पिपलटार घर भई हाल केरौंजा माविमा कार्यरत शिक्षक अर्जुन श्रेष्ठको मोटरसाइकल दुर्घटनामा सोमबार साँझ ९ बजे मृत्यु भएको सो विद्यालयका प्रधानाध्यापक सुन्दर खनालले जानकारी दिएका छन् ।

४२ वर्षीय शिक्षक श्रेष्ठ विगत १३ वर्षदेखि केरौंजा माविमा मावि तहको राहत दरबन्दीमा कार्यरत थिए । उनको निधन भएको शोकमा धार्चे गाउँपालिकाभरिका सामुदायिक विद्यालय बन्द गरिएको प्रअ खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्