अब घरमै बसेर गर्भ परिक्षण गर्न सकिन्छ



०७ माघ २०७६, काठमाडौं

परिवारमा नयाँ व्यक्तिको आगमन वा छोरी, बुहारी गर्भवती हुनु घर परिवार र आफन्तका लागी एक खुसीको क्षण बन्छ। हामी घरमा नै परिक्षण गरेर पनि यो खुसीको क्षण एक–अर्कामा साट्न सक्छौं।

गर्भवती भए नभएको सहजै परिक्षण गरी थाहा पाउन सकिन्छ। कुनै महिला अन्तिम पटक महिवारी भएपश्चात् पछिल्लो पटक महिनावारी हुने समयमा महिनावारी भइनन् वा गर्भ रहेको शंका लाग्यो भने महिनावारी हुनुपर्ने मितीको ५ दिन पछाडि देखि प्रसुती नहुनेसमयसम्म प्रेग्नेन्सि टेष्ट किटको माध्यमबाट परिक्षण गर्न सकिन्छ।

गर्भ रहे नरहेको परिक्षण गर्न बिहानको फ्रेस पिसाब र प्रेग्नेन्सि टेष्ट किटको आवश्यक पर्दछ। सो परिक्षण गर्न आधि पिसाब गरेपछि केहि थोपा पिसाब संकलन गर्नुपर्दछ।

पिसाब संकलन गरेपश्चात् पिसाब प्रेग्नेन्सि टेष्ट किट खोल्ने, त्यसभित्र एउटा पिसाब टेष्ट गर्ने किट र अर्को सुई आकारको परिक्षणका लागी संकलन गरेको पिसाब तानेर टेष्ट किटमा पिसाब हाल्नका लागि प्रयोग गरिने सामाग्री हुन्छ।

त्यस किटलाई खोलिसकेपश्चात् परिक्षणका लागि तयार पारेको पिसाब किटमा भएको सुइ आकारको सामाग्रीले तान्ने र परिक्षण किटमा २ वा ३ थोपा हाल्ने। केहि समयपश्चात पिसाब किटको पल्लो भागमा सर्छ।

महिला गर्भवती नभए पिसाब पल्लो साइडमा १ लाइनमा रातो रंग देखिन्छ भने गर्भवती भए २ लाइनमा रातो रंग देखापर्दछ। सो प्रेग्नेन्सि टेष्ट किट फार्मेसिहरुमा उपलब्ध हुन्छ, यसलाई रु. ५० पर्दछ।

कुनै पनि महिला घरमा नै बसरे यो प्रक्रिया मार्फत आफु गर्भवती भए नभएको थाहा पाउन सक्छिन्।

प्रतिक्रिया दिनुहोस्