डा.चौधरीको नाम हटाउन बिर्सियो मन्त्रालय



०५ माघ २०७६, काठमाडौं

राजिनामा स्वीकृत भएको एक साता हुन लाग्दा समेत डा. पुष्पा चौधरीको नाम र तस्बिर सचिवकै रुपमा स्वास्थ्य मन्त्रालयको वेवसाइटमा रहेको छ।

डा. चौधरीले गत १३ कार्तिकमा पदबाट दिएको राजिनामा गत सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।

त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आईसकेको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताइसकेका छन्। तर मन्त्रालयको वेवसाइटमा भने अहिले पनि डा. चौधरीलाई सचिवकै रुपमा राखिएको छ।

डा. चौधरी भने अढाई महिना अघि देखि विश्व स्वास्थ्य संगठन डव्लुएचओको कन्ट्री अफिस भारतमा पी ५ लेभलको जागिरेको रुपमा हाजिर भईसकेकी छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्