२६ वर्षीया महिलाले जन्माइन् एकै पटकमा चार सन्तान



०३ माघ २०७६, काठमाडौं

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया एक महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडेल प्रधानले शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्।

हस्पिटलका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालले जानकारी दिए।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन्।

उक्त अस्पतालका चिकित्सकहरुका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ। तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्