मन्त्रीद्वारा छात्रालाई सेनेटरी प्याड वितरण



०३ माघ २०७६, काठमाडौं

बारास्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रदेश सरकारले (आज) शुक्रबार सेनेटरी प्याड वितरण गरेको छ। मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत शुक्रबार ६ विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको हो।

बाराको कलैयास्थित पन्नादेवी कन्या माविमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छात्राहरुका लागि विद्यालयका प्रधानाध्यापकहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेका हुन्।

बाराको कलैया ५ को पन्ना देवी कन्या मावि, महागढीमाइ १ को गढीमाइ महेन्द्र प्राविधिक नमुना मावि, निजगढ ८ को गौरीशंकर मावि, पचरौता १ को नेपाल राष्ट्रिय मावि, कोल्हबी ११ को मणि मावि र जितपुर सीमरा २ को नेपाल राष्ट्रिय माविमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराइएको हो।

प्रत्येक विद्यालयका लागि ९६ थानका दरले कूल ५ सय ७६ थान सेनेटरी प्याड वितरण गरिएको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए। कार्यक्रममै मन्त्री सोनलले कलैयाको पन्ना देवी कन्या माविमा अध्ययनरत ३० जना छात्रालाई स्कुल ब्याग पनि वितरण गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्