नेपालमा भेटिए कोरोना भाइरस संक्रमित



०३ माघ २०७६, काठमाडौं

चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सतर्कता अपनाउन चेतावनी दिएको केही दिनपश्चात् काठमाडौंमा कोरोना भाइरसको संक्रमित भेटिएको हो।

वुहानमा पीएचडी अध्ययन गर्दै आएका ३१ वर्षीय नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। उनी जनवरी ५ मा नेपाल फर्किएका थिए। श्वासप्रश्वासमा समस्या भएपश्चात् उनी अस्पताल गएका थिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेयले कोरोना भाइरसको संक्रमण भएको आशंकामा ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको जानकारी दिए।

कोरोना भाइरसको समूहको एउटा हिस्सा हो। जसबाट सामान्य रुघा–खोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ। कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्