आस्थाको सुरक्षा जाँच गर्ने प्रहरीले आस्थाले अभद्र व्यवहार गरेको भन्दै दिइन् प्रहरीमा उजुरी



०३ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउत र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँच गर्न बसेकी महिला प्रहरीबिच केहीदिन अघि झगडा भएको थियो । आस्था झापा जाने क्रममा फ्लाइट डिले भएर बसिरहँदा चेकजाँच गर्ने क्रममा आस्था र प्रहरीबिच झडप भएको थियो ।

आस्थाले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई तथानाम गाली पनि गरेकी थिइन् । जसका कारण उनको चर्को आलोचना पनि भयो । अहिले आस्थाको चेकजाँच गरेकी महिला प्रहरी रमिता श्रेष्ठले आस्थाले आफूसँग अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्