आस्था अत्याधिक विवादमा आएपछि सार्वजनिक भयो आस्था र प्रहरीबिच विमानस्थलमा भएको झगडाको भिडियो, के छ त भिडियोमा ? (भिडियो)



०३ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतले केहीदिन अघि झापा जाने क्रममा विमानस्थलमा प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै फेसबुकमा लाइभ आएर प्रहरीलाई तथानाम गाली गरेकी थिइन् । जसका कारण उनी निकै विवादमा पनि फसिन् । उनका फ्यानले उनले गलत गरेको भन्दै गाली समेत गरे ।

यो विवाद चर्किदै गएपछि आस्था र प्रहरीबिच वास्तवमा के भएको थियो भनेर प्रमाणित गर्नको लागि त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेज निकालिएको छ ।

फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एअरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।

“चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”

जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा, नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्