श्रीमानसँगको डिभोर्सबारे रीमा भन्छिन्, ‘एक्लै भएपनि म पूर्ण छु’



०३ माघ २०७६, काठमाडौँ

नायिका रीमा विश्वकर्माले आफ्नो पहिचान नायिकाको रुपमा मात्र बनाएकी छैनन् । उनी एक सफल र दर्शकले अत्याधिक रुचाएकी होष्ट पनि हुन् । उनी म्यूजिक भिडियोमा पनि काम गरिरहेकी हुन्छिन् ।

केहीदिन अघि रीमाको बधाई छ बोलको गीत रिलिज भएको थियो । उक्त गीतमा श्रीमानसँग डिभोर्स भैसकेपछिको युवतीको यात्रालाई देखाइएको थियो । रीमाको जीवनको कथा उक्त गीतसँग ठ्याक्कै मिल्छ । जसका कारण रीमाको वैवाहिक जीवनबारे अहिले फेरि चर्चा भैरहेको छ ।

स्मरण रहोस् रीमाले केहीबर्ष अगाडी आफ्ना श्रीमानसँग डिभोर्स गरेकी थिइन् । उनी डिभोर्स हुनु भनेको जीन्दगीको गोरेटोमा आफ्नो साथीसँग सँगै हिड्न नसक्नु बताउँछिन् ।

तर रीमा श्रीमानसँग डिभोर्स भएपनि आफू पूर्ण भएको बताउँछिन् । हुन पनि उनी अहिले निकै नै सफल छिन् र खुसी पनि । रीमाले श्रीमानसँग डिभोर्स भएको कुरामा आफूलाई कुनै पछुतो नभएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्