
०३ माघ २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बुझाएको राजिनामा स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको राजिनामा स्वीकृत गरेको हो।
सरकारले उनको राजिनामा स्वीकृत नगरेपश्चात् सहजिकरणका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निवेदन बुझाएकी थिइन्। त्यसपचात् चौधरीको राजिनामा स्वीकृतिका लागि मन्त्री ढकाकलले मन्त्रिपरिषद् बैठकमा पेस गरेसँगै उनको राजिनामा स्वीकृत भएको हो।
स्वास्थ्य सचिवबाट राजिनामा दिएर चौधरी विश्व स्वास्थ्य संगठन भारतमा जागिर खान गएकी छिन्। राजिनामा स्विकृत नहुँदा उनलाई समस्या परेको थियो।
सरकारले उनको राजिनामा अस्वीकृत गरेपछि कानुनमन्त्रीलाई गुहारेकी थिइन्। सचिव चौधरीले कार्तिक १३ गते राजिनामा बुझाएकी थिइन्। उनको राजिनामा तीन महिनापश्चात् स्वीकृत भएको हो।





