बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ



०३ माघ २०७६, काठमाडौं

सिरहामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो।

बालिका बलात्कृत भएको खबर पाएपश्चात् इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्