आयुष्मानसँग छिट्टै विवाह गर्दै प्रियंका, थाइल्याण्डमा साथीहरुसँग यसरी मनाउँदैछिन् ब्याचलर पार्टी



०३ माघ २०७६, काठमाडौँ

नायिका प्रियंका कार्कीले अब छिट्टै नै आयुष्मानसँग लगनगाँठो कस्न लागेको जानकारी दिएकी छिन् । उनले आफ्ना निकटका साथीहरुलाई ब्याचलर पार्टी दिन यतिबेला साथीहरुसहित थाइल्याण्ड पुगेकी छिन् ।

प्रियंकाले सामाजिक सञ्जालमा साथीहरुसँग रमाइलो गरिरहेको तस्बिर पनि सार्वजनिक गरिरहेकी छिन् । आयुष्मान र प्रियंकाले करिब १ बर्ष पहिले नै इन्गेजमेन्ट गरिसकेका थिए ।

दुवैले समय नमिलेका कारण विवाह नगरेको पनि बताउँदै आएका थिए । अब भने आयुष्मान र प्रियंकाको विवाह हुने छाटकाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्