जलाउन लागेको शव प्रहरीले घाटबाटै उठाए पछि…



०२ माघ २०७६, काठमाडौं

मोरङमा घाटमा जलाउन लागेकोे एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

विहिबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको जनाएको छ। उक्त महिलाको घाँटीमा चोट देखिएको छ।

मोरङ प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्