प्रहरीलाई तथानाम गाली गरेर विवादमा आएपछि आस्थाले भनिन्, ‘बढी बोलेको भए माफी चाहन्छु तर प्रहरी पनि सुध्रनुपर्छ’



०२ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतले हिजो फेसबुकमा लाइभ लाएर प्रहरीले आफूलाई सम्मान नगरेको भन्दै प्रहरीलाई तथानाम गाली गरेकी थिइन् । सिकिम जानको लागि एयरपोर्टमा रहँदा एक महिला प्रहरीले आफूसँग राम्रो व्यवहार नगरेको भन्दै उनले लाइभ आएर प्रहरीलाई गाली गरेकी थिइन् ।

जसका कारण उनी निकै विवादमा मुछिइन् । उनले प्रहरीको इज्जत नगरेको भन्दै सामाजिक सञ्जालमा उनलाई दर्शकले निकै गाली पनि गरिरहेका छन् । यसैबिच आस्थाले फेसबुकमा स्टाटस लेख्दै प्रहरीसँग माफी मागेकी छिन् ।

आस्थाले आफूले अलि बढी बोलेको भए माफी दिनुस् भन्दै प्रहरीले पनि राम्रोसँग सर्वसाधारण मानिससँग बोल्नुपर्ने बताइन् । उनले प्रहरीले आफ्नो बानी सुधार्न आवश्यक रहेको पनि बताइन् ।

‘हिजो म कति हर्ट भएँ त्यो म भोग्ने मान्छेलाई मात्र थाहा छ, मलाई मात्र होइन, मलाई भित्र गएपछि अरु दिदीहरुले पनि नानी तिमीलाई जस्तै हप्काइ धप्काइ गरेको थियो त्यो आईमाईले कस्तो व्यहोरा नभएको रहेछ,’ आस्थाले भनेकी छिन्, ‘यस्तै हो प्रहरीहरु छोडिदेऊ मन नदुखाऊ भन्नुभएको थियो ।’

आस्थाले प्रहरीले आफूलाई ज्याकेट खोल्नभन्दा कुनै समस्या नभएको तर प्रहरीले देखाएको व्यवहारले आफूलाई दुःखी तुल्याएको बताएकी छिन् । उनले प्रहरीले कफी तेरो ब्यागमा खन्याइदिन्छु भनेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्