सौगातसँग यस्तो अवस्थामा भेटिइन् सृष्टि



०२ माघ २०७६, काठमाडौँ

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र माइकल अधिकारी को छायांकन सुरु भएको छ । चलचित्रमा रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

चलचित्रको सेटबाट सौगात र सृष्टिको एक तस्बिर सार्वजनिक भएको छ । जहाँ उनीहरुलाई श्रीमान श्रीमतीको भूमिकामा देखाइएको छ । माइकल अधिकारी ले सेरोगेसी को कथा उठान गर्न खोजेको छ ।

चलचित्र माइकल अधिकारी लाई रञ्जित रौनियरले निर्देशन गरिरहेका छन् । चलचित्र माइकल अधिकारी लाई आउँदो चैत्रको २८ गते रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्