गायिका आस्था राउतले गरिन् प्रहरीलाई तथानाम गाली, दर्शकले दिए यस्तो प्रतिक्रिया



०२ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउत बेला बेलामा आफूले बोलेका नचाहिदाँ कुराका कारण विवादमा मुछिने गरेकी छिन् । भर्खरै मात्र पनि प्रहरीलाई तथानाम गाली गरेपछि उनी अहिले आलोचित बनिरहेकी छिन् ।

सिक्किम जादैँ गर्दा भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै फेसबुकमा लाइभ आएर उनले प्रहरीलाई मनपरी गाली गरेकी छिन् । उनले प्रहरीलाई तल्लो स्तरमा गाली गर्नु उचित नभएको भन्दै उनका प्रशंसक भड्किरहेका छन् ।

उनले बनाएको भिडियो हाल उनको फेसबुकमा त देखिएको छैन । तर सामाजिक सञ्जालमा उक्त भिडियो निकै भाइरल भने भैसकेको छ । सबैले आस्थाले त्यस्तो गर्नु नहुने थियो भन्दै गाली गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्