प्रहरीको गाडी दुर्घटनाग्रस्तः एकको मृत्यु, २९ घाइते



०२ माघ २०७६, काठमाडौं

तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको छ।

दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्। घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले दिए।

गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए। दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयले बताए।

 

प्रतिक्रिया दिनुहोस्