थाइल्याण्डमा ब्याचलर पार्टी दिदैँ प्रियंका, दिइन् विवाहको संकेत !



०२ माघ २०७६, काठमाडौँ

प्रियंका कार्की लामो समयदेखि अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा छिन् । उनीहरुले करिब १ बर्षअघि इन्गेजमेन्ट समेत गरेका थिए । यी दुईले छिट्टै विवाह गर्ने बताएका थिए । तर विवाह भने गरेका छैनन् ।

तर अब भने प्रियंकाले छिट्टै विवाह गर्न लागेको संकेत दिएकी छिन् । उनले थाइल्याण्डमा आफ्ना मिल्ने साथीहरुलाई ब्याचलर पार्टी दिने भएकी छिन् ।

अहिले प्रियंका आफ्ना साथीहरुसँग थाइल्याण्ड पुगेकी छिन् । प्रियंका स्वयमले यो कुराको जानकारी दिएकी हुन् । प्रियंका र आयुष्मानले २०२० मै विवाह गर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्