चलचित्र ‘लक्का जवान’ को पहिलो गीत रिलिज (भिडियो सहित)



०१ माघ २०७६, काठमाडौँ

चलचित्र लक्का जवान को पहिलो गीत रिलिज भएको छ । बबुल गिरीको शब्द र डिपी खनालको संगीत रहेको मन त मेरो लक्का जवान बोलको गीतमा बबुल गिरी र मिना निरौलाको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य सबै कलाकार फिचर्ड छन् ।

शिवहरि पौडेलको निर्देशनमा तयार भएको चलचित्र हाँस्यप्रधान बनाइएको छ । चलचित्रमा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, बर्षा सिवाकोटी, सरोज खनाल, सुशिल पोखरेल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुरेश केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्र लक्का जवान चैत्र २१ बाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्