पहिलो पटक पर्दामा एकसाथ देखिदैँ रेखा, दयाहाङ र सौगात



०१ माघ २०७६, काठमाडौँ

नायिका रेखा थापाले मालिका पछि कुनै चलचित्र बनाएकी छैनन् । उनले केहीसमय अघिमात्र निर्देशक रेनशा वान्तवा राईसँग टिमअप गरेर नयाँ चलचित्र बनाउने घोषणा गरेकी थिइन् । तर रेनशा आफ्नै होम प्रोडक्सनको चलचित्रमा व्यस्त हुने भएकाले रेखा र रेनशाको टिमअपमा केहीसमय पछिमात्र चलचित्र निर्माण हुनेछ ।

यसैबिच रेखाले नयाँ चलचित्रको घोषणा गरेकी छिन् । चलचित्रको नाम भने तय भैसकेको छैन । तर चलचित्रका कलाकार भने छनौट भैसकेका छन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र स्वयम रेखा थापाको मुख्य भूमिका रहने छ । चलचित्रको छायांकन बैशाखबाट सुरु हुने रेखाले बताइन् । रेखाले माघे संक्रान्तिको शुभकामना दिदैँ यो कुराको घोषणा गरेकी हुन् ।

चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रको कथा विषयप्रधान हुने रेखाले बताएकी छिन् । हुन त रेखाका प्राय चलचित्र विषय प्रधान नै हुने गरेका छन् । रेखाले यो चलचित्रको कथाले नै सौगात र दयाहाङलाई खोजेकाले उहाँहरुलाई अप्रोज गरेको बताइन् । रेखाले सौगात र दयासँग काम गर्न आफू निकै उत्साहित भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्