मन्त्रालयले गर्‍यो सातै प्रदेशका मन्त्री र सचिवसंग छलफल



०१ माघ २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारका स्वास्थ्य हेर्ने मन्त्री र सचिवसंग स्वास्थ्यका विषयमा छलफल गरेका छन्। सातवटै प्रदेशका सामाजिक विकास मन्त्री र सचिवलाई संघीय राजधानी काठमाडौँमा डाकेर मन्त्री ढकालले स्वास्थ्यका विषयमा छलफल गरेका हुन्।

‘सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री आउन सक्नु भएन तर सचिव आउनु भएको थियो। बाँकी सबै प्रदेशबाट मन्त्री र सचिवको उपस्थिति थियो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने। उनले स्वास्थ्य सेवामा देखिएका कन्फ्युजन हटाई सेवालाई थप प्रभावकारी बनाउने उदेश्यका प्रदेश सरकारका मन्त्री र सचिवसंग छलफल राखिएको बताए।

‘संघीय मन्त्रालय र प्रदेश मन्त्रालयबीच अधिकार बाँडफाँडका बारेमा केही कन्फ्युजन छन्। कार्यक्रममा विषयमा पनि अन्योलता देखिएका छन्। ती सबैलाई चिर्न र आपसी समझदारी, सहकार्य र समन्वयमा अघि बढी स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रम सञ्चालनमा भएका अफ्ट्याराहरु पहिचान गरी समाधानको उपाय खोज्ने उदेश्य थियो। त्यो सफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

फाइल तस्वीर

 

प्रतिक्रिया दिनुहोस्