अख्तियार पुग्यो दुर्गा प्रसाईं र गिरीको घुस विवाद



२९ पुष २०७६, काठमाडौं

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पुगेको छ।

वी एण्ड सी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा. गिरीले आफूसंग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी हालेका हुन्।

यसअघि प्रसाईँले आफूसंग डा. गिरीले घुस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए। त्यस लगत्तै डा. गिरीले सोही दिन अर्को पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए । उनले आरोप मिथ्या रहेको भन्दै त्यस विरुद्ध कानूनी उपचारमा जाने बताएका थिए।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन्। उनले सम्वन्धनका लागि सर्बोच्च अदालत जाने समेत बताएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्