सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने युवक पक्राउ



२९ पुष २०७६, काठमाडौं

एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक युवकलाई पक्राउ गरेका छन्। उक्त युवकलाई सोमबार साझ नै प्रहरीले चितवनमा पक्राउ गरेका हुन्।

उनलाई राती नै काठमाडौं तर्र्फ ल्याएपनि नाम भने खुलेको छैन। स्रोतका अनुसार, पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेकाछन्। तर आफूले महिलामाथि अभद्र व्यवहार नगरेको दाबी गरेका छन्।

भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो। उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो। युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन। त्यसैले, अनुसन्धान जटिल भएको थियो।

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए। उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्