
२८ पुस २०७६, काठमाडौं
चर्चित गायन रियालिटि शो ‘नेपाल आइडल’ सिजन २ को विजेता रवि ओड विवाह गर्ने तयारीमा रहेको एक अन्तरर्वातामा उनले बताएका छन् ।
कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा जन्मिएका सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् ।
उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडोभाका समेत गाउन सक्छन । खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन ।





