आँखा चिलायो भन्दै अस्पताल पुगेका व्यक्तिको आँखामा भेटियो १५ सेन्टिमिटरको जुका (भिडियोसहित)



२७ पुष २०७६, काठमाडौं

पछिल्लो समय सामाजिक सञ्जालका साथै अन्तर्राराष्ट्रिय संचार माध्यममा एक समाचार भाइरल भएको छ। प्राप्त जानकारी अनुसार एक व्यक्तिको आँखाबाट जुका निकालिएको थियो।

आँखा चिलायो भन्दै अस्पताल पुगेका उनका आँखामा चिकित्सकहरुले जुका फेला पारेका थिए। जुन घट्ना भारतमा भएको बुझिएको छ। लामो समयदेखि नै आँखा चिलाउने र दुख्ने समस्याले पिल्सिएकी उनी अस्पताल पुगेपश्चात् उनको आँखामा जुका परेको खुलासा भएको हो।

उनको आँखाबाट चिकित्सकहरुले लगभग १५ सेन्टिमिटर लामो जुका निकालेका थिए। समयमा नै उक्त व्यक्तिको आँखाबाट जुका ननिकालिएको भए पिडित व्यक्तिले केही दिनमै ज्योती गुमाउने सर्जरीमा संलग्न चिकित्सकहरु बताउँछन्।

आँखाबाट जुका निकाल्नुभन्दा पनि उक्त जुकालाई आँखाबाट जिउँदै निकाल्नुलाई ठुलो चूनौतीको रुपमा लिएको चिकित्सकहरु बताउँछन्। यदि आँखामै जुकाको मृत्यु भएको भए पिडित व्यक्तिको आँखामा अन्य इन्फेक्सनको पनि खतरा हुने सर्जरीमा संलग्न चिकित्सकहरु बताउँछन्।

चिकित्सकहरुले गरेको सफल सर्जरीपश्चात् पिडित व्यक्ति अहिले स्वस्थ रहेका छन्। यत्ति धेरै लामो जुका आँखाबाट निकालिएको विश्वमा संभवत पहिलो घट्ना भएको सर्जरीमा संलग्न चिकित्सकहरु बताउँछन्।

 

 

प्रतिक्रिया दिनुहोस्